Tuesday, November 24

सरकारले बजेट प्रस्तुत गर्दा हलचल भयो सुनचाँदीको भाउ , हेर्नुहोस मुल्य

May 29, 2020 5418

काठमाडौं। सरकारले सुनचाँदीको भन्सार दर ह्वात्तै बढाएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार रुपैयाँ वृद्धि गरेका हुन्।

अहिले सुनको भन्सार दर ६५ सय रुपैयाँ छ। यसलाई ८५ सय रुपैयाँ पुर्‍याइएको हो। यस हिसाबले अब सुनको भाउ प्रति १० ग्राम २ हजार रुपैयाँले महँगिने छ।

अब तोलामा सुनको भाउ २३ सय ३२ रुपैयाँले महँगिएको छ। चाँदी ११ रुपैयाँ ६६ पैसा महँगिएको छ। चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ। अहिले ७५ रुपैयाँ थियो, अब ८५ रुपैयाँ पुगेको छ।

प्रतिकृया दिनुहोस्