Thursday, November 26

अब सेना प्रहरीदेखि राष्ट्रसेवकका पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने

May 28, 2020 218

काठमाडौ । अब सेना प्रहरीदेखि राष्ट्रसेवकका पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने भएको छ । यस्ता पोसाक विदेशबाट खरिद गरेर देशको अर्बौ रकम विदेश गएको थियो । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था मिलाइनेछ भनेका छन् । औषधि र स्वास्थ्य सामग्रीमा सामूहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था गरिनेछ ।

१ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन भएको छ । नेपालगञ्ज र भैरहवाको सीमा नाकामा एकीकृत भन्सार जाँच चौकी बनाइनेछ । सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ । पर्यटन विषय अनिवार्य हो कि ऐच्छिक भन्नेबारे भने खुलाइएको छैन । काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्ने भएको छ । राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने योजना सरकारको छ ।

प्रतिकृया दिनुहोस्