Tuesday, November 24

जनार्दन शर्माले फिर्ता गरे आफ्नो सुरक्षामा खटिएका १० जना सुरक्षाकर्मी

May 28, 2020 276

काठमाडौं । नेपालमा कोरोनाको महामारी बढ्दै गइरहेका बेला सुरक्षाकर्मीमा धमाधम कोरोना देखिइरहेका बेला नेताहरुले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षकर्मीलाई फिर्ता गरिरहेका छन् । गतहप्ता मात्रै नेकपाका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि आफ्नो गाडी सहित सुरक्षामा खटीएका सुरक्षाकर्मीलाई फिर्ता पठाए लगत्तै पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् ।

शर्मादले आज आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ गरेको सचिवालयले जनाएको छ । शर्माको सुरक्षामा सशस्त्रका १० जना सुरक्षाकर्मी खटिँदै आएको बताइएको छ । शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजाने विषयमा कुराकानी गरेका थिए । यो महामारीको समयमा सुरक्षाकर्मी समुदायमा जान आवश्यक रहेको भन्दै नेता शर्माले आँफुले फिर्ता गरेको बताएका छन्। त्यस्तै नेता शर्माले आफ्नो गाडी पनि फिर्ता गरेका छन् ।

प्रतिकृया दिनुहोस्