Wednesday, December 2

नवराजको आमा भन्छिन् ‘युवतीको पेटको बच्चा मलाई चाहिन्छ, बुहारी बनेर आएपनि स्वीकार्छु’

May 28, 2020 285

काठमाडौं । जाजरकोटमा प्रेमीका लिन गएका नवराजको गाउँलेको लखेटाईवाट निधन भयो । नवराजको आमाले युवतीको पेटमा आफ्नो छोराको बच्चा रहेको दावी गरेकी छन् । उनले छोरा र ति युवतीको कुरा फोनमा भएको सुनेको र त्यतीवेला युवतीले मेरो पेटमा बच्चा छ, आमा बुवाले अन्तै विवाह गरिदिन लागे लिन आउ भनेर भनेको सुनेको नवराजको आमाको दावी छ । उनले ति युवतीको पेटमा सांच्चै बच्चा छ भने त्यो आफुलाई चाहिने बताइन् ।

उनले भनिन्, राति १० वजे मेरो छोरालाई फोन आएको थियो, छोराले लाउड स्पिकर अन गरेको थियो । म शौचालय जान लागेको बेलामा त्यसो भनेको सुने । साँच्चै उनको पेटमा मेरो छोराको सन्तान छ भने मलाई चाहिन्छ । छोरा वा छोरी जे भएपनि मलाई मेरो छोराको नासो चाहिन्छ । उनले आफ्नो छोरा र साथीहरुको यस्तो अवस्था बनाउनेहरुलाई भने कारवाहीको माग गरेकी छन् ।

उनले ति युवती यस अघि २ पटक बस्न आएको बताइन् । मेरै छोरीको उमेरकी केटीलाई देखेपछि मैले को हो किन आएको हो भनेर सोध्दा युवतीले नै म हजुरको छोराको प्रेमीका हो भनेर भनेको उनले दावी गरिन् । उनले ८ वर्ष पछि आफुहरुले विवाह गर्ने योजना बनाएको पनि उनले बताएकी थिइन् । उनले त्यस पछि पनि युवतीको भाई एक साता आफ्नो घरमा आएर बसेको पनि उनले बताइन् । उनले शुष्माले आफै बोलाएर बिच वाटोमा पुग्दा शुष्माको फोन अफ भएको पनि बताइन् । उनले बारम्बार आफ्नो छोरी नवराजको घरमा आउँदा खोजी नगरेको र भाई आएर एक साता बस्ता पनि नखोजेको बताइन् ।

युवती र युवतीको भाई समेत आएर आफ्नो घरमा बसिसकेका कारण आफ्नो छोरा पनि दुई जना साथीलाई लिएर युवतीको घरमा जाँदा चैत महिनामा प्रहरी कहाँ बुझाएको आमाको भनाई छ । उनले आफुहरु आएर बस्न हुने तर मेरो छोरा जाँदा अपमान गरेर प्रहरीलाई बुझाए, त्यसैले म उनीहरुको विवाहको पक्षमा थिइन् । छोराले पनि त्यसरी साथी लिएर युवतीलाई लिन जाँदा आफुले थाहा नपाएको बताइन् । उनले अब आफनो एउटै इच्छा आफ्नो छोराको सन्तान चाहिने बताइन् । उनले ति युवती बुहारी बनेर आफ्नो घरमा आए आफुले स्वीकार गर्ने पनि बताइन् । त्यो आइ भने म राख्छु, मेरो छोराको माया हो , तर उ आफु आउन नचाहे पनि त्यो सन्तान राखिदेओस् । छोराको सन्तान मलाई चाहिन्छ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्