Monday, November 30

भारतीय मिडियाले एकाएक नेपाल सीमा विवादबाट पछि हट्यो भन्दै यस्तो हल्ला चलाए

May 27, 2020 234

काठमाडौं । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि संविधान संशोधन आएको विधेयक संसदमा पेस नहुने भएको छ ।

नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको थियो । यस्का लागि आएको संविधान संशोधन प्रस्ताव संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस नहुने भएको छ । आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम हटाइएको संसद सचिवालयले जानकारी दिएको छ ।


यो सँगै भारतीय मिडियामा नेपाल आफ्नो अडानबाट पछि हटेको बताइएको छ । बुधबारको प्रतिनिधिसभा बैठकका लागि निकालिएको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो ।

त्यसपछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो । तर, बुधबारको कार्यसूचीबाट भने उक्त प्रस्ताव हटाइएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । किन हटाइएको हो भन्ने उनले जानकारी दिइएको छैन ।

प्रतिकृया दिनुहोस्