Tuesday, December 1

सुष्मा मल्लको घरमै पुग्दा लखेटी लखेटी भेरी नदि पुराउनेहरु गाउँले हरुले दिए अचम्मको बयान (भिडियोसहित)

May 27, 2020 1104

जाजरकोट । रुकुमको चौरजहारीमा भएको घटनाका विषयमा फरक फरक कुरा आइरहेको छ । नवराज आफुले मनपराएको युवतीलाई विवाह गरेर लैजान भनेर १९ जनाको समुह गएको बताइएको छ । तर स्थानिय गाउँलेले भने फरक कुरा भनिरहेका छन् । यो घटनामा अन्तरजातिय प्रेम विवाहका कारण यो घटना भएको कुरा सार्वजनिक भएको छ तर गाउँलेहरु भने गाउँमा आफ्नै दिदी बहिनीले यस अघि पनि अन्तरजातिय विवाह गरेको र परिवारले स्वीकार गरिसकेका कारण यो अन्तरजातिय विवाहको कारण मात्र भएको घटना भएको भनेर ब्याख्या गर्न नमिल्ने बताएका छन् ।रुकुमका गाउँलेहरुले यदि प्रेम भएको, केटा र केटी विवाहका लागि तयार भएको भए केटा पक्ष केटीकै घरमा राम्रोसंग गएर कुरागर्नुपर्ने गाउँलेको भनाई छ । उनीहरु लकडाउनको समयमा ठूलो संख्यामा होहल्ला गर्दै आएको र गाउँमा तरंग उत्पन्न गरेको बताएका छन् । उनीहरुले गाउँमा गएर विनोद मल्ल कहाँ छन् भन्दै खोज्दै हिडेको बताएका छन् । हामी विनोदको साथी हो र उनलाई खोज्न आएको हो भन्दै हिडेका थिए ।

आफ्नो घरको परिवारका छोराको नाम लिएर ठूलो संख्यामा युवाहरु आएपछि आमा डराएको स्थानियको बताए । नवराज विक र युवतीको प्रेमको विषयमा कुनै आपत्ती नभएको उनको भनाई छ । उनीहरुले पटक पटक नवराज युवतीको विषयमा यस्तै गरी आउने गरेको पनि बताएका छन् । वैशाख महिनामा पनि उनी त्यसै गरी आएको र प्रहरीलाई बुझाएको बताएका छन् । उनीहरुले प्रेमका कारण यो घटना नभएको बताएका छन् । उनीहरुले अन्तरजातिय विवाह यस अघि चलिसकेको भन्दै त्यो कारण नभएको बताएका छन् । उनले दुई जनाले एक अर्कालाई माया गर्छन भने आफुहरु तगारो नहुने बताएका छन् । मानिसको ज्यान नै गइसकेपछि गल्ती भएको स्वीकार गर्दै उनीहरुले यो घटनामा प्रेम कारक नभएको बताए । गाउँलेले आफुहरु उनीहरुलाई बचाउन जाने अवस्था नरहेको बताएका छन् ।

शनिवार भएको सो घटनाको वारेमा स्थलगत रिपोटिर्गमा गएको एउटा युट्युव च्यानलले सो गाउँका स्थानियसंग गरेको कुराकानी देखाएको छ । युवतीलाई लिन समुहका साथ गएका नवराजलाई स्थानियले लखेटेको बताइएको छ । त्यहाँका स्थानियले भने गाउँमा ठूलो संख्यामा युवकहरु आएपछि आफुहरुले उनीहरु किन आएका हुन् भनेर चासो राखेको बताएका छन् । उनीहरुले वडाध्यक्षले पनि उनीहरु त्यती ठूलो संख्यामा किन आए गएर बुझ्नु भनेर भनेको पनि स्थानियले बताएका छन् ।

स्थानियले उनीहरुको ज्यान नै लिने आफुहरुको कुनै उद्देश्य नभएपनि यस्तो अवस्थामा आएका उनीहरुलाई गाउँवाट वाहिर पठाउने पक्षमा भने गाउँले रहेको बताएका छन् । एक जना स्थानियले युवकहरु ठूलो संख्यामा आएको भन्नेवारे आफुले नै वडाध्यक्षलाई जानकारी गराएको बताए ।आफुले जानकारी दिएपछि उनीहरुलाई समातेर प्रहरीलाई बुझाउन भनेको उनले बताएका छन् । उनले त्यो समुहमा नभएका ब्यक्ति पनि प्रहरीले पक्राउ गरेको बताएका छन् । उनले आफुहरुले कुनै आ’क्रमण नगरेको र गाउँका केही मानिस उनीहरुका बारेमा बुझ्न जाँदा आफै डराएर भागेको बताए । उनले आफु सहित ६ जनाको समुह गएको र आफुहरुलाई देखेर उनीहरु भागेको बताए । उनले प्रहरी सहित आफुहरु उनीहरु किन आएको हुन् भन्ने कुरा बुझ्न गएको बताए ।उनीहरु गाउँले त्यसरी प्रहरी सहित जाँदा डराएर भागेको र नदिमा हाम फालेको आफुले देखेको बताएका छन् । उनले केहीलाई प्रहरीले पक्राउ गरेको पनि बताए । उनले त्यसरी गएका ६ जना गाउँले र उतावाट आएका युवकका टोलीका केहीलाई पनि पक्राउ गरेको पनि बताए ।

प्रतिकृया दिनुहोस्