Thursday, November 26

नेपालमा थपिए ५८ जना कोरोना संक्रमित, संख्या ८३० पुग्यो

May 27, 2020 310

काठमाडौं । देशका विभिन्न जिल्लामा बुधबार ५८ जना कोरोना संक्रमित थपिएका छन् । रौतहट, झापा, बाग्लुङमा कोराना नयाँ संक्रमित थपिएका हुन् । योसँगै संक्रमित हुनेको संख्या ८३० पुगेको छ ।

रौतहटमा मात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाईका ७, देवाही गोनहीका २, कटरीया २ जनामा संक्रमण पुष्टि भएको हो ।

झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकबलका १५ र गौरादहका दुईजनामा संक्रमण पुष्टि भएको हो । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बडिगाढ गाँउपालिकाका दुई र तमान खोला गाउँपालीकाका चारजना रहेका छन् ।देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार २ सय ८२ बढी छन् । क्वारेन्टाइनमा रहने प्राय सबै भारतवाट फर्केका नागरिका छन् ।

प्रतिकृया दिनुहोस्