Saturday, December 5

चिनियाँ राष्ट्रपतिले सेनालाई भने, ‘सीमामा तनाव बढिरहेको छ, यु’द्धका लागि तयार रहनू’

May 27, 2020 223

एजेन्सी- सेनालाई ‘यु’द्धका लागि तयार रहन चिनियाँ राष्ट्रपतिले आदेश जारी गरेका छन् । देशको सम्प्रभुताको रक्षा गर्न भन्दै सिले सेनालाई ‘यु’ द्धका लागि तयार रहन आदेश दिएका हुन् ।

संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला सिले यस्तो आदेश दिएका हुन् । सीमामा तनाव बढिरहेका बेला सिको यस्तो भनाइ बाहिर आएको हो ।

सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर ‘यु*’द्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनु पर्ने र पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्ने सिले बताएका छन् ।

चिनफिङको भनाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर युद्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न जटिल परिस्थितीसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ ।

साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्छ ।’ लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा सि यो भनाइ बाहिर आएपछि यसलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस्