Monday, March 8

प्रहरीमै उजुरी हाल्नुपर्ने गरी नायिकाद्वय श्वेता र सुष्माबीच किन भयो विवाद ? यस्तो छ घटनाको नालीबेली

February 3, 2021 103

काठमाडौ । नायिका सुष्मा कार्की र अर्की नायिका श्वेता खड्काबीचको विवादले फेरी एक पटक सामाजिक सञ्जाल तातेको छ । नायीका शुष्माले श्वेताको वहिनी आरती र युट्युवर उत्सव रसाइली विरुद्ध प्रहरीमा उजुरी नै दिएकी छन् ।

उनले नायीका श्वेताले पनि आफुलाई तथानाम भनेको आरोप लगाएकी छन् । प्रहरीमा दिएको उजुरीमा शुष्माको आरोप छ– श्वेताले आफूलाई दु’र्व्य’व हार गरिन् भने उनकी बहिनी आरतीले त कपालै लु’छि न्।

तर युट्युवमा दिएको अभिब्यक्तिमा विवादको प्रमुख पात्र युट्युबर उत्सव रसाइली हुन् । उत्सवले पनि सुष्माले आफूलाई जातीय रूपमा होच्याउँदै गा’ली गरेकाले श्वेताकी बहिनी आरतीले उनलाई एक थप्पड हा’ने को र कपाल लु’छे को सार्वजनिक रूपमा स्वीकार गरेका छन्। सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै उनले त्यस्तो स्वीकार गरेका हुन् ।

उत्सवका अनुसार कुरा सोमबार रातिको हो। नायिका श्वेताकी बहिनी आरतीको ‘एनिभर्सरी’ मनाउन उनीहरू दरबारमार्गस्थित लन्डन पब क्लबमा भेला भएका थिए। त्यही क्लबमा आएकी सुष्मासँग उनको जम्काभेट भयो।

उत्सवको आरोप छ– त्यस क्रममा सुष्माले श्वेतालगायत नायिकालाई मात्र (युट्युबमा) ‘हाइलाइट’ गरेको तर आफूलाई ‘सपोर्ट’ नगरेको भनेर निहुँ खोजिन्। यत्तिकैमा उनीहरूबीच झ’ग डा भयो। यही क्रममा श्वेता पक्ष आएर हस्तक्षेप गरेको हो।

नायिका सुष्माले भने उत्सवले आफूलाई जहिले ‘डाउन’ गरेर बोलिराख्ने गरेको र भेटेका बेला त्यसो नगर भनेर अनुरोध गर्दा विवाद भएको दाबी गरेकी छन्। त्यस क्रममा ‘श्वेता खड्काका मान्छेहरू आएर आफूलाई ह’रा’स मेन्ट गरेको र आरती खड्काले त हात-पातै गरेको’ सुष्माको भनाइ छ।

उता उत्सव रसाइलीले भने विवादका क्रममा सुष्माले आफूलाई जातीय तथानाम गा’ली गर्न थालेपछि सहन नसकेर श्वेताकी बहिनी आएर उनीसँग झ’ग डा गरेको दाबी गरेका छन्। त्यस क्रममा धकेला-धकेल भएको उनको भनाइ छ। तर श्वेता खड्काले सुष्मालाई कुनै अपमान नगरेको उनको दाबी छ। सुष्माले पनि झ’ग’डा का प्रमुख पात्र उत्सव र आरती नै भएको बताएकी छन्।

उत्सवले सार्वजनिक रूपमा भनेका छन्, ‘उहाँले त्यहाँ (लन्डन पब क्लबमा) भएका कलाकारहरूलाई तथानाम गा’ली गर्नुभयो। मलाई पनि तँ ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गा’ली गर्नुभयो।’

प्रतिकृया दिनुहोस्