बिवाह समारोह चलिरहेको थियो । दुलहीले एक ब्यक्तिसँग दुलाहाको परिचय गराइन् । पछि ती ब्यक्तिसँग अंकमाल गर्न दुलाहाको अनुमति मागिन् । ती ब्यक्ति दुलहीका पूर्व प्रेमी थिए ।
यो घटनाको भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ । घटना मलेसियामा भएको हो । त्यहाँ विवाहको समय एकजना दुलहीले आफ्नो नवविवाहित पतिलाई अन्तिम एकचोटि आफ्नो पूर्वप्रेमीलाई अंकमाल गर्न अनुरोध गरेकी थिइन् ।
टिकटकमा ‘एट मायांगकुमे’को नामले चिनिने ती महिलाले एकजना पाहुनाले उनलाई विवाह भोजमा पतिबाट अलग्याएर अँगालो मा रे को भिडियो सेयर गरेकी छन् ।
यो सत्य घटना मलेसियामा घटेको हो । टिकटकमा यो भिडियो ५५ लाख पटकभन्दा धेरै हेरिइसकेको छ । दुलहा–दुलहीले अभिवादन गर्दै गरेका ती व्यक्ति दुलहीको पूर्वप्रेमी भएको बताइएको छ ।
ती व्यक्तिले नवविवाहित दम्पतीलाई हात मिलाएर बधाई तथा शुभकामना दिँदा अचानक ती दुलहीको उनलाई अँगालो मा र्ने अनौठो इच्छा पलाएको देखिन्छ ।
प्रतिकृया दिनुहोस्