Wednesday, December 2

भारत–चीन भिड्दै, सेनाप्रमुखलाई बोलाएर भारतीय रक्षामन्त्रीले चीनलाई दिए यस्तो धम्की

May 26, 2020 4325

काठमाडौं । भारत–चीनबीचको तनाब थप बढ्न थालेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनलाई उस्कै भाषामा जवाफ फर्काउने बताएका छन् । पछिल्ला दिनहरुमा लद्दाखलाई लिएर दुई देशका सैनिकबीच विवाद चर्कदै गएको छ ।

भारतीय मिडियाहरुमा आएको समाचार अनुसार सीमा क्षेत्रमा चिनियाँ सेनाहरुले दादागिरी देगाउँन थालेका छन् । उक्त क्षेत्रमा अहिले चिनियाँ सैनिकहरू भारतीय सैनिकहरु भन्दा धेरै संख्यामा छन् । उनीहरुले भारतीय सेनालाई नियन्त्रणमा लिएर भारतले आफ्नो भन्दै आएको क्षेत्रमा आएर पाल टाँगेर बसेका छन् ।

जानकारी अनुसार चिनियाँ सैनिकहरुले गुण्डागर्दी गरेर भारतीय सेनाको कब्जा रहेको भुमिका पसेका हुन् । यस महिना लद्दाखमा चिनियाँ र भारतीय सेना बीच तीन पटक लडाँई भएको छ । अस्थायी लुक्ने ठाउँ बनाउन चीनले नियन्त्रण रेखा (एलएसी) को किनारमा भारतीय क्षेत्रहरुमा घुसपैठ गरेको छ । उनले एलएसीको साथ करीव ५ हजार सैनिकहरू परिचालन गरेको छ । यसको जवाफमा भारतीय सेनाले पनि सैनिक संख्या बढाएको छ ।

चीनको मनोवृत्तिलाई ध्यानमा राख्दै, आउने दिनमा तनाव अझ बढ्ने सम्भावना छ । यो बीचमा भारतीय रक्षामन्त्री सिंहको यस्तो बयान आएको हो । रक्षामन्त्री सिंहले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनसँगको तनावपूर्ण वातावरणमा सुरक्षा बिरोध प्रमुख (सीडीएस) जनरल बिपिन रावत र तीन सेनाका प्रमुखहरूसँग भेट गरेर यस्तो निर्देश गरेका हुन् ।

यस बैठकमा एलएसीको जटिल अवस्थाको समीक्षा गरियो र थप रणनीतिबारे छलफल गरियो । स्रोतका अनुसार चार घण्टा भन्दा बढी समय छलपल भएको थियो जसमा रक्षामन्त्रीले चीनबाट सेनाको संख्या भारतले के गर्ने भन्ने सम्बन्धमा चर्चा गरेका छन् । यस बैठकले शान्तिवार्ताका सधैं तयार रहने तर भारतीय सेनाले आफ्नो सार्वभौमिकतामा कुनै सम्झौता नगरी त्यहाँ आफ्नो नियन्त्रण कायम राख्नेछ भनिएको छ ।

बैठकमा यो निर्णय पनि गरियो कि यस क्षेत्रमा सडक निर्माण कार्य जारी रहनुपर्छ र भारतले चीनको बिरूद्ध आफ्नो सैन्य शक्ति थप बढाउनेछ । यो भन्दा पहिले यस खालका विवाद हुँदा दुई देशका सैन्य अधिकारीहरु बसेर सुल्झाउने गरेका थिए । तर यो पटक झण्डै पाँच पटक सैन्य अधिकारीहरु बसेर कुरा गर्दा मिल्न सकेको छैन । यो पटक चीन एकदम आक्रामक रुपमा प्रस्तुत भएको छ । यहाँ भारतले विवादित क्षेत्रमा सडक निर्माण थालेपछि विवाद सुरु भएको थियो ।From janaboli

प्रतिकृया दिनुहोस्