Wednesday, December 2

चेतावनीसहित गोर्खा सैनिकबारे रक्षामन्त्री ईश्वर पोखरेलले यस्तो बयान दिएपछि डरायो भारत

May 26, 2020 1032

काठमाडौं । प्रधानान्त्री केपी शर्मा ओलीले दिएको एक बयानका कारण तिल्मिलाएको भारत फेरि आक्रोशित भएको छ । उप–प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले लिपुलेक विवादमा बोलेको कुरा नेपालको इतिहासको अपमान भएको बताएसँगै भारत भड्केको हो ।

भर्खरै जनरल नरवणेले केही सप्ताहपहिले भनेका थिए ‘नेपालले कसैको इशारामा धार्चुला–लिपुलेक सडक निर्माण गर्ने भारतको प्रयासको विरोध गर्दैछ ।’ उनले दिएको बयानको आषय चीनले उस्काएपछि नेपालले सीमा विवाद उठाउको हो । तर नेपाल सुरुवातदेखि नै लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको भुभाग आफ्नो बताउँदै आएको छ । तर भारत भने उक्त भुभागका जबरजस्ती कब्जा जमाएर बसेको छ । भारतमा अहिले ३० देखि ५० हजार गोर्खा रेजिमेन्ट रहेका छन् । निकट दिनहरुमा नेपालले यो सम्झौता नै रद्ध गर्न सक्ने आशंका बढेको छ ।

बीबीसीका अनुसार मे २२ मा नेपाली अखबार ‘द राइजिङ नेपाल’ लाई दिएको एक अन्तरवार्तामा मन्त्री पोखरेलले भारतीय सेना प्रमुखले दिएको बयानले नेपालको सामाजिक संरचना र स्वतन्त्रतालाई वेवास्ता गर्यो भन्नु भएको थियो । मन्त्री पोखरेलले भन्नुभयो,‘यो अपमानजनक बयान हो । उनीहरूले हाम्रो इतिहास, हाम्रो सामाजिक संरचना र स्वतन्त्रताको अपमान गरेका छन् । उनीहरूले भारतको रक्षा गर्न आफ्नो जीवनलाई जोखिममा पार्ने नेपाली गोर्खाको अपमान गरेका छन् । अब उनीहरूको लागि गोरखा सुरक्षा बटालियनसँग सामना गर्न मुश्किल हुनसक्छ ।’

यस वर्षको मेमा भारतले उत्तराखन्डको धार्चुलादेखि लिपुलेखसम्म सडक निर्माण कार्य सम्पन्न गर्यो । यो सडक पिठौरागढ–तवाघाट–घाटियाबागढ मार्गमा घाटियाबागढबाट सुरु भई लिपुलेकमा समाप्त हुन्छ । उक्त सडक कैलाश मानसरोवरको प्रवेशद्वार हो । साथै, यो सडकले भारतलाई चीनसँग जोड्दछ । नेपालले सुरुवातदेखि नै यस्को विरोध गर्दै आएको छ । पटकपटक नेपालले वार्ताका लागि अपिल गर्दै आएपनि भारतले अस्विकार गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्