Wednesday, March 3

गायीका अञ्जु पन्तको विवाह छिटै हुँदै: वुटिकमा तयार हुँदैछ विवाहको लुगा, उनका हुनेवाला वेहुलाका बारेमा जान्नुहोस्

February 3, 2021 94

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्तलाई संधै सोधिने प्रश्न हो जिवन साथी कहिले खोज्ने ? उनले यो प्रश्नको जवाफ टार्दै आएकी थिइन् । तर अब उनी चाँडै विवाह गर्ने योजनामा छन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद भएपछि उनले छोरीको पालन पोषण एक्लै गर्दै आएकी छन् । छोरी परितोषीकाको करले पनि उनी विवाह गर्ने मनस्थितीमा पुगेकी हुन् । उनले यो कुराको खुलासा भने आफै गरेकी छन् ।

छोरीको खुसीका लागि आफुले विवाहको बारेमा सोच्न थालेको उनले बताएकी थिइन् । आफुलाई छोरीले अब विवाह गर्नुपर्छ भनेर काउन्सिलिगं गरेको उनको भनाई छ । स्रोतका अनुसार अञ्जुले थीर कोइराला सँग विवाह गर्न लागेका हुन्। उनले विवाह गर्ने मनस्थिती बनाएको स्वीकार गरेपनि कोसंग गर्न लागेकी हुन् भन्ने कुरा भने कतै खुलाएकी भने छैनन् ।

तर उनका नजिककाहरुले उनले थिरसंग विवाह गर्न लागेको बताएका छन् । अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्। विवाहका लागि अञ्जु र थीर को अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ ।

तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ।

प्रतिकृया दिनुहोस्