Thursday, December 3

आज देशभर गर्मी अझै बढ्ने, आज यो वर्षकै उच्च तापक्रम

May 26, 2020 253

काठमाडौं । तपाईलाई गर्मी कत्तिको भइरहेको छ ? कोरोनाको महामारीकाबिचमा घरमा नै बसिरहेको बेला बत्ति गयो भने नेट चल्दैन, फ्रिज चल्दैन, फ्यान चल्दैन अनि गर्मी अझै महशुस हुन्छ ।यसबिचमा आज देशका विभिन्न ठाउँको तापक्रम यो वर्षकै उच्च मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज नेपालको सर्वाधिक गर्मी हुने स्थानहरु नेपालगन्ज र धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस, वीरेन्द्रनगरको ३८ डिग्री सेल्सियस र भैरहवाको तापक्रम सबैभन्दा धेरै ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

त्यस्तै दाङको ३७ दशमलव ५ डिग्री सेल्सियस, र काठमाण्डौको ३२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । महाशाखाले आज दिउँसो गर्मी ह्वात्तै बढ्ने समेत पूर्वानुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्