Thursday, December 3

होम आइसोलेसनमा रहेकी ग’र्भवती महिलाको मृ’त्यु, कोरोनाको परीक्षण हुदै

May 26, 2020 250

सप्तरी — होम आइसोलेसनमा रहेकी सप्तरीकी एक ग’र्भवती महिलाको मृ’त्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया ती ग’र्भवती महिलालाई सोमबार राति धेरै ज्वरो आएको र श्वा’सप्रश्वासमा स’मस्या भएपछि मंगलबार बिहान साढे ६ बजे मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । १० दिन अगाडि नै ती महिलालाई ज्वरो आएको थियो । ज्वरो १००.२ डिग्री आएको र श्वा’सप्रश्वासमा स’मस्या भएपछि उनलाई गत जेठ ८ गते राजविरा स्थित डा. विनिता यादवको क्लि’नकमा उपचारका लागि ल्याइएको थियो ।

स्वास्थ्य प्रमुख यादवका अनुसार उनलाई पि’साबको संक्रमण (यू’टीआई) भएको भन्दै चिकित्सकले औ’षधि दिनुका साथै होम आइसोलेसनमा रहन स’ल्लाह दिएका थिए ।२ सन्तानकी आमा ती महिला तेश्रो पटक ग’र्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृ’त्यु भएपछि उनको स्वा’व लिने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।कान्तिपुर

प्रतिकृया दिनुहोस्