Wednesday, December 2

भेरी नदी जहाँ प्रेम बि’लायो: द’लितको ला’ससँगै देशको का*नुन र मा’नवीय सं’वेदना पनि ब*ग्यो

May 26, 2020 248

काठमान्डौ , नेपालको का’नुनले जा’तीय आधारमा छु’वाछूतलाई द’ण्डनीय अ’पराध भनेको ५७ वर्ष भएको छ । मु’लुकी ऐ’न, २०२० ले नै छु’वाछूतलाई द’ण्डनीय भनेको छ । का’नुनी रूपमा मात्र होइन, व्य’वहारमा पनि अब छु’वाछूतको व्य’वहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छु’वाछूतमुक्त राष्ट्र घो’षणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मा’नवीय म’र्यादा समान हुने प्र’त्याभूति देशको का’नुनले गरेको छ । तर, अ’न्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको ला’स मात्र होइन, मा’नवीय सं’वेदना पनि भेरी नदीमा ब’गेको छ ।

गाउँलेले ढुं’गामुढा गरेर ल’खेटेपछि ज्यान जो’गाउन भेरी नदीमा हा’मफालेका तीनजनाको श’व फेला परेको छ, तीन अझै बे’पत्ता छन् । रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीमा कथित माथिल्लो जातकी युवतीसँग प्रेमबिहे गर्न जाजरकोटबाट आएका द’लित युवा र उनका साथीहरूको समूहलाई स्थानीयले अ’न्धाधुन्द आ’क्रमण गरेका थिए । नदीमा हा’मफाले पनि गाउँलेले ढुंगा प्र’हार गरेपछि साथीहरू डु’बेको उनका साथीहरूले बताएका छन् ।जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँनिवासी २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न १९ जना साथीसहित शनिबार अपराह्न करिब ५ बजे रुकुमको चौरजहारी पुगेका थिए ।

तर, स्थानीयले सं’गठित आ’क्रमण गरेपछि भा’ग्दाभाग्दै उनीहरू नदीमा हा’मफालेका ६ जना बे’पत्ता भएका थिए । सोमबार साँझसम्म नवराज तथा उनका साथीहरू गणेश बुढामगर र टीकाराम नेपालीको श’व भेटिएको रुकुमका डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् । नवराजका साथीहरूमध्ये गणेश जाजरकोटका हुन् भने टीकाराम रुकुम चौरजहारीकै हुन् । त्यस्तै, भेरी नगरपालिकाका–४ का १८ वर्षे सञ्जु विक, १७ वर्षे गोविन्द शाही र १८ वर्षे लोकेन्द्र सुनार अझै बे’पत्ता छन् । श’व पो’ष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको र बे’पत्ताको खोजीकार्य भइरहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँनिवासी नवराज विक ए’थलेटिक्सका प्रतिभावान् खेलाडी थिए । कक्षा १२ उत्तीर्ण गरेका उनी खेल खेल्नकै लागि मेला–महोत्सवमा वारि–पारि कु’दिरहन्थे । त्यही क्रममा रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीकी एक युवतीसँग तीन वर्षअघि चि’नजान भयो । उनीहरूबीच प्रेम सम्बन्ध सुरु भयो । खेलकै क्रममा रुकुम पुग्दा नवराजले लु’किछिपी प्रेमिकालाई पनि भेट्थे । प्रेमिका पनि नवराजको घर आउने गर्थिन् । द’लित युवासँग प्रेम सम्बन्ध छु’टाउन आफन्तले निकै प्रयास गरे ।यो बीचमा अभिभावकले छोरीलाई कु’टपिट पनि गरेका थिए ।

तर, उनीहरू एक–अर्कालाई छा’ड्न तयार भएनन् । प्रेमिकालाई लिन केही महिनाअघि पनि नवराज साथीहरू लिएर सोती पुगेका थिए । त्यतिवेला प्रहरीले ह’स्तक्षेप गरेको थियो । तर, द’लितसँग प्रेम गरेको भनेर आफूमाथि परिवारबाटै अ’वहेलना भएको भन्दै प्रेमिकाले नवराजलाई सन्देश पठाएकी थिइन् । ‘लिन आउनु भनेर प्रेमिकाले सन्देश पठाएकी छिन् भनेपछि हामी नवराजसँग गएका हौँ,’ घ’टनामा परेका एक युवकले भने । १८ जना साथीसहित भेरी तरेर नवराज शनिबार अपराह्न सोती पुगेका थिए । नवराजले छोरी लग्न थालेको थाहा पाएपछि प्रेमिकाकी आमाले गाउँमा हा’रगुहार गरिन् ।प्रेमिकासम्म पुग्न नपाउँदै नवराजको स’मूह गाउँलेबाट घे’रिएको थियो । ‘हामीलाई देख्नेबित्तिकै आमैले जा’तिवाचक गा’ली गर्न थाल्नुभयो, कु’टाइ नपुगेर फेरि आएछन् भन्दै मान्छे जम्मा गर्न थाल्नुभयो,’ नवराजका साथी आशिष विकले भने, ‘गा’ली सुन्न नसकेर हामी अलिक तल बाटोमा झ¥यौँ । एकैछिनमा ढुं’गामुढा सुरु भइहाल्यो ।’ हातमा ला’ठी तथा घ’रेलु ह’तियार बोकेका गाउँलेले ढुं’गाले हा’न्न थालेपछि आफूहरू भा’गेको आशिषले बताए । ‘हामी जति भागे पनि गाउँलेहरू पछिपछि आए, गाउँदेखि चार किलोमिटर ब’गरैबगर हामी भाग्यौँ,’

उनले भने, ‘यस्तो भ’वितव्य आइलाग्यो, ज्यान बचाउन कोही कता भा’गे, कोही कता, साँझको वेला पत्तै भएन, आत्तिएका साथीहरू खोलामा हा’मफाले ।’ प्रहरीका अनुसार नवराजले १९ जनाको स’मूह बनाए पनि एकजना बाटोबाट फर्किएका थिए । सोती पुगेका १८ जनामध्ये ११ जना खोलामा हा’मफालेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्म विष्टले बताए । ‘पाँचजना पारि पुगे, ६ जना खोलामै ह’राए । ह’राएकामध्ये तीनजनाको श’व भेटिएको छ भने तीनजनाको अ’वस्था अ’ज्ञात छ । सात जना भने खोलामा न’पसी लुकेका थिए,’ विष्टले भने ।

अरू भा’गे पनि नवराजलाई गाउँलेले प’क्रेर कु’टेको उनका साथी आशिषले बताए । ‘नवराजलाई त उनीहरूले कु’टे, मा’रेर भेरीमा फा’लेका हुन्,’ उनले भने । नवराजको श’व शनिबार राति १० बजे भेरी किनारमा भेटिएको थियो । घ’टनास्थल पुगेका सुर्खेतका पत्रकार खगेन्द्र सुनार भन्छन्, ‘नवराजको शरीरभरि हेरिनसक्नु घा’उ नै घा’उ छ, टाउको र मुखमा ढुंगैढुंगाले हा’नेर ह’त्या गरेको देखिन्छ । नदीमा त मा’रेर फा’लिएको मात्रै हो, पानी खाएको छैन ।’ बे’पत्ता भएका चौरजहारी नगरपालिकाकै टीकाराम नेपालीको श’व भने आइतबार अपराह्न घ’टनास्थलबाट करिब ३० किमि तल भेटिएको प्रहरीले जनाएको छ ।त्यस्तै भेरी नगरपालिका–४ का गणेश बुढामगरको श’व भने सोमबार दिउँसो ३ बजे मात्रै भेटिएको छ । गाउँलेको कु’टाइबाट घा’इते भएका सुदीप खड्काको अवस्था उपचारपछि सा’मान्य छ । उनीहरूमध्ये धेरै जाजरकोटका र केही भने रुकुम, सल्यान र बाँकेका रहेको प्रहरीले जनाएको छ ।नयाँपत्रिका

प्रतिकृया दिनुहोस्