Sunday, November 29

सित्तै खाएर क्वारेन्टाइनमा के बस्नु भन्दै क्वारेन्टाईनमा बसेका युवाले लगाए विद्यालयमा पर्खाल

May 26, 2020 229

बझाङ । लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्राङ्गण वरिपरि भारतबाट फर्किएका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।भारतको रामपुरमा अलपत्र परेका उीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेका थि । आफ्नै गाँउ नजीकैको विद्यालय रहेको र विद्यालयको वरिपरि घेरबार नभएको भनदै विद्यालय नजीकैबाट ढुङ्गा बोकेर पर्खाल लगाएको क्वारेन्टाईन्नमा बसेका एक युवा रागबराज बाँनियाले जानकारि दिए ।

क्वारेन्टाइनमा बसेका महिला एवं केही युवाहरुले ढुङ्गा बोके र केहीले पर्खाल लगाउने काम गरे । विद्यालयमा पर्खाल नहुँदा विद्यालय संचालन भएको समयमा समेत पशु चौपाया विद्यालयको प्राङ्गणमा आउने समस्या थियो ।भारत बस्दा आफुहरुले निकै संघर्ष गरेको बताउदै उनले आफ्नो गाँउ ठाँउका लागी र आफ्नै छोरा, छोरी तथा भाई, बहिनी पढ्ने विद्यालयमा सानो सहयोग गर्दा रमाइलो लागेको बताए । अधिकांस क्वारेन्टाईन विद्यालयलाई बनाइएको छ । खाएर दिनभर क्वारेन्टाईनमा बस्नु भन्दा विहान बेलुका काम गर्दा शारिरिक अभ्यास हुने पर्खाल लगाउन जुटेकाहरुको भनाई छ ।

अहिले प्राप्त मात्रामा औजार नभएकाले भनेजति काम गर्न नसकिएको जनप्रतिनिधिसंग आजौर माग गरिएको स्थानियको भनाई छ । विद्यालयमा चर्पि समेत पुन निर्माण गर्नु पर्ने भएकाले चर्पि पुर्ननिर्माण गर्नुका साथै नजिकै रहेको स्वास्थ्य चौकीमा समेत घेरबार लगाउने योजनामा उनीहरु छन् ।थलारा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष हेमराज खड्काले युवाहरु मिलेर सामाजिक काम गरेको भन्दै क्वारेन्टाईनमा बस्ने सबैलाई धन्यबाद दिए ।भारतको रामपुर बाट आएका उक्त क्वारेन्टाइनमा ३९ जना युवा सहति महिला तथा बालबालिका गरेर ६८ जना रहेका छन् । शनिबार भारतबाट ३४ जना आएपछि १०२ जना भएका छन् ।राजधानी दैनिक

प्रतिकृया दिनुहोस्