Friday, March 5

लाहुरे राहुल भक्कानिदैँ भने- छोरीलाई भेट्न आइरहनु, बस्न मन लागे बसेर जानु (भिडियोसहित)

February 3, 2021 110

तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिनापछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन् त्यसपछि उनिहरू बारे नयाँ खुलासा भयो ।

अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् ।

यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै नरहने समेत उनले बताएकी छन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् ।

नारायणसंग एक सामाजिक एपमार्फत भेट भएको र नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेम-जालमा परेको बताइन् ।

नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइवाहेक कोही छैन भनेका थिए ।

यसरी उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको तर अहिले अाएर मात्र उसको घरमा पनि श्रीमती छोराछोरी पनि रहेको थाहा पाएको बताइन् ।

यसैक्रममा अन्तिमपटक राहुल र स्मिता एकैपटक मिडियामा देखिएका छन् । जहाँ उनिहरू निकै भक्कानिरएर रोएका छन् । भने राहुलले स्मितालाइ छोरी भेट्न अाउनु बस्न मन लागे २/४ दिन बसेर जानु भनेका छन् ।

प्रतिकृया दिनुहोस्