Monday, November 30

नेपालकी पहिलो मुस्लिम ‘हिरोइन’ओशिमा बानु भन्छिन परिवार खुसी छन् समाजको डर छैन तर अल्लाह’को डर लाग्छ (भिडियो हेर्नुहोस)

May 25, 2020 284

मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ। ओशिमा बानु यस अर्थमा पृथक छिन्, जो नेपाली फिल्मक्षेत्रमा मुस्लिम समुदायबाटै पहिलो ‘हिरोइन’ का रूपमा भित्रिएकी छन्।

यतिमात्र होइन, ओशिमा मोडल, फेसन तथा मोडलिङसम्बन्धी काम गर्ने संस्था ‘हाउस अफ फेसन’ की संस्थापकसमेत हुन्।फिल्मक्षेत्रमा मुस्लिम महिलाको न्यून उपस्थिति रहेका बेला ओशिमाको प्रवेशलाई सुखद र गौरवको विषय मान्छिन्, अन्सारी।र, उनको सफलता र निरन्तरताको कामना पनि गर्छिन्।पचास वर्षभन्दा लामो इतिहास बोकेको फिल्मक्षेत्रमा अहिलेसम्म कुनै पनि मुस्लिम महिला पर्दामा नअटाउनु आफैंमा सोचनीय विषय हो। उत्तिकै सोचनीय विषय हो, नेपाली फिल्मले मुस्लिम समुदायका कथालाई उतिसारो नसमेट्नु। भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्