Tuesday, December 1

कोरोनाभाइरसलाई लिएर प्रधानमन्त्री ओलीले दिएको यो बयानले सबैको होस उडायो

May 25, 2020 558

काठमाडौं । कोरोनाभाइरसलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अर्को बयान भाइरल भएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस कहिल्यै नहराउन सक्छ भन्ने सम्भावनालाई आत्मसात गर्दै यसको सामनाका लागि निरोगी नेपाल निर्माणको आह्वान गर्नुभएको छ । आज राष्ट्रका नाममा गरेको सम्वोधनमा नेपालीको मनोबल उच्च भएको र रोग प्रतिरोधी क्षमता असाधारण भएको पनि उल्लेख गर्नुभयो । उहाँले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि जानकारी दिनुभयो ।

निरोगी नेपाल निर्माण सरकारको प्रमुख लक्ष्य भएको बताउँदै उहाँले यसका लागि ५ वटा काम गर्न पनि देशवासीलाई अनुरोध गर्नुभएको छ । उहाँका अनुसार उपलब्ध आहारलाई स्वच्छ र सफा बनाएरमात्र खाने, लकडाउनको फुर्सदमा घरभित्रै प्रशस्त्र व्यायाम गरेर शारीरिक तन्दुरुस्ती कायम गर्ने गर्नुपर्छ । यस्तै भाइरस फोहोरमा रमाउने भन्दै उहाँले आफ्नो र बासस्थान वरपरको सरसफाइमा ध्यान दिन र पर्याप्त आराम गर्न पनि आग्रह गर्नुभएको हो ।

उहाँले दिएको पाँचौं शुत्रमा मनोवल उच्च राख्ने भन्ने रहेको छ । ओलीले भारतबाट आउँनेहरुको सीमामा राम्रोसँग चेकजाँच नभएका कारण नेपालमा संक्रमण बढेको कुरा पनि स्विकार गर्नुभएको छ । अन्यको तुलनामा कोरोनाबाट मृत्यु हुनेको औषत थोरै भएको भन्दै यसलाई सबै मिलेर जित्नुपर्ने उहाँको बुझाई रहेको छ ।

प्रतिकृया दिनुहोस्