Sunday, January 17

चैत महिनाको भाडा लिने घरधनीलाई कारबाही गरिने

April 2, 2020 836

काठमाडौं । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो । सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गरेका थिए ।

.अर्थमन्त्री खतिवडाले भाडा लिने घरधनीलाई कारबाही गर्ने उल्लेख गरेका छन् । ‘सरकारले सबै घरदनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उनले भने, ‘ यो घरनीलाई सरकारले कर छुट गरेको छ । त्यही भएर एक महिनाको भाडा नलिन भनिएको हो । सरकारको निर्णय र आग्रह बेवास्ता गरी भाडा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ ।’ मन्त्री खतिवडाले एक महिनाको भाडा नलिँदैमा घरधनी टाट पल्टिने अवस्था नरहेको समेत बताए । जनतासमाचारमा यो खबर छ ।

एक महिनाको शुल्क मिनाहा गर्न प्याब्सनले राख्याे यस्ताे शर्त

निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो ।

निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष पुरीको माग छ । सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।

प्याब्सन अध्यक्ष पुरीले यस विषयमा लकडाउन खुलेपछि सरोकारवाला सबैसँग पर्याप्त छलफल गर्ने जानकारी दिए । ‘सरकारले विद्युत महसुलमा २५ प्रतिशत छुट दिएको छ । तर एक महिनाको भाडा नलिनु भनेको सय प्रतिशत छुट हो’ पुरी भन्छन्, ‘सय प्रतिशत छुट दिँदा कर्मचारीलाई तलब दिन गाह्रो पर्छ ।’

प्रतिकृया दिनुहोस्