Monday, November 30

भरतपुर अस्पतालको आईसीयूमा मृ’त्यु भएका पुरुषलाई कोरोना नभएको पुष्टि

May 25, 2020 243

१२ जेष्ठ २०७७, सोमबार काठमाडौं । भरतपुर अस्पतालको आईसीयूमा मृ’त्यु भएका रामग्राम पाँचका ४८ वर्षिय पुरुषको कोरानाका कारण मृ’त्यु नभएको पुष्टि भएको छ । कोराना संग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वा’ब संकलन गरि पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।गएराति १२ बजे बुटवलको लुम्बिनी सिटि अस्पताल बाट रि’फर गरिएका बि’रामिको आज बिहान साढे तिन बजेतिर मु’त्यु भएको थियो ।

वि’रामिमा निमोनियाको स’मस्या देखिएका कारण कोरोना परिक्षण गरिएको डाक्टर अधिकारीले बताउनुभयो । कोरोना परिक्षण नहुदा सम्म श’व भरतपुर अस्पतालकै आईसियुमा राखिएकोमा अब रिपोर्ट आएपछि भने परिवारको जिम्मा लगाईने छ । ल्याउँदा नै निकै सिरियस अबस्था भएका कारण अनेक प्रयास गर्दा पनि उनलाई ब’चाउन नसकिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्