Tuesday, December 1

अहिले साँझ ६ बजे थप ४४ जना कोरोनालाई जितेर घर फर्किदै

May 25, 2020 245

काठमाडौं । मुलुकमा आज साँझ ४४ जना कोरोना भाइरस संक्रमित अस्पतालबाट डिस्चार्ज हुँदैछन् । नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत ४४ संक्रमितले कोरोनालाई जितेका हुन् ।उनीहरुलाई साँझ ६ बजेसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनीहरु डिस्चार्ज भएपछि मुलुकमा कोरोनालाई जित्नेको संख्या १ सय ५६ हुनेछ । यसअघि विभिन्न चरणमा १ सय १२ संक्रमित डिस्चार्ज भइसकेका छन् ।कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भई घर फिर्ता भएका छन् ।

गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि नर्सलाई अस्पतालको आइसोलेशनमा राखिएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो । नर्स सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो ।नर्सको क्रमशः दोस्रो र तेस्रो पटक यही जेठ १ र ४ गते दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमै पहिलो स्वास्थ्यकर्मी सङ्क्रमित भएर १४ दिनमै कोरोना जित्न सफल भएको अस्पतालका डा किशोर बञ्जाडेले बताए ।

प्रतिकृया दिनुहोस्