Thursday, November 26

कोरोनालाई जिते पछि बेलासेले शेयर गरे यस्तो तस्बिर

May 24, 2020 265

काठमाडौं, हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्कीले कोरोना भाइरसलाई जितेका छन् ।झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की आज आइतबार तस्विर शेयर गर्दै आफुले विश्वभर फैलिएको कोरोनालाई जितेको जानकारी गराएका छन् । उनि कोरोना पुष्टी भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बस्दै आएका थिए ।लण्डनमा कोरोना भाईरसका कारण दिनहुँ नेपालीमा कोरोना संक्रमण देखा पर्ने थालेपछि सुवास कार्की बेलासेले साथीहरु नेपाल फर्केन आग्रह समेत गरेका थिए ।उनलाई करिव २ हप्ताअघि कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको निगरानीमा लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बस्दै आएका थिए ।उनले फेसबुकमा २ वटा तस्विर राखेका छन् ।पहिलो तस्विरमा कोरोना लागेको बेला भन्दै क्याप्सन राखेका छन् भने दोस्रो तस्विरमा छोरीसहित कोरोना मुक्त भएकोमा सम्पूर्ण साथिभाई र आफ्न्तप्रति धेरै धेरै धन्यवाद लेखेका छन् ।करिब २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनले अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई सामान्य नठान्न अनुरोध गरेका छन् । ‘यो निकै भयावह रहेछ, मलाई बाँच्ने आशा नै हराइसकेको थियो, तैपनि समयमै उपचार पाएकाले र साथीभाई, आफन्त र शुभ चिन्तकहरुको मायाले ठिक भएँ ।’

खुशी हुँदै उनले भने ।कोरोना जित्न आत्मबल जरुरी रहेको उनले अनुभव सुनाए । ‘सकेसम्म लाग्न नदिनु नै उत्तम हो, केहि गरि लागि हाले पनि नआत्तिकन सबै सूरक्षा अपनाएर आत्मबल दरिलो बनाउन सकियो भने आधा रोग त त्यसै निको हुने रहेछ ।’ बेलासे ले भने ।नेपालमा रहँदा ‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन् । उनी यसका निर्माता पनि थिए । उनले प्रयोग गर्ने थेगो ‘खै हुन्छ भन्ने कि हुदैन भन्ने, म त केही सोच्नै सक्दिन, तनाबै तनाब छ , गोजीमा २ रुपैयाँ छैन’ , पछिल्लो समय निकै रुचाइएको थियो । यसले गर्दा नै उनलाई धेरैले चिनेका हुन् ।

प्रतिकृया दिनुहोस्