Monday, March 8

लगातार बढिरहेको सुनको मुल्य आज अचानक ह्वात्तै घट्यो

February 3, 2021 104

काठमाडौँ । आज साताको चौथो दिन अर्थात बुधबार सुनको भाउ घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्