Saturday, December 5

सेवा गर्न जादा पत्रकार भाग्य न्यौपाने चढेको मोटरसाइकल दु*र्घट*ना

May 24, 2020 425

काठमाडौं ११ जेठ / केहिबर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय युट्युबर भाग्य न्यौपाने चढेको मोटरसाइकल दुर्घटना भएको छ । राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्‍याउन जानेक्रममा मोटरसाइकलको ब्रेक लक भएर दुर्घटना भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आएका थिए ।हाल उनको उपचार भइरहेको र अवस्था सामान रहेको समेत जानकारी दिएको छ । भाग्य न्यौपानेले अस्पतालबाट लेखेको स्टाटस् पढ्नुहोस् ।

मेरो लागि आज दु:खद दिन ..  सेवा गर्न जादा यस्तो भयो, काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो, पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो दुर्घटना भयो ।

आज मैले २ बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो, हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ।सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु । एक्सरे रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो असर देखाएको छैन ।

प्रतिकृया दिनुहोस्