Saturday, December 5

नेपाल भारत सीमाना विवाद सम्बन्धि रविको कार्यक्रम ट्रेन्डिगं १ मा, १२ लाख बढी दर्शकले हेरे

May 24, 2020 259

काठमाडौँ । नेपाली दर्शकहरुमाझ रवि लामिछानले सर्वाधिक लोकप्रिय संचारकर्मी हुन् । दिनप्रतिदिन उनको लोकप्रियता बढ्दो चरणमा उक्लिएका बेला उनले लिएको नपाल भारत सिमा विवादसँग जोडिएको पछिल्लो शृखला सर्वाधिक रुचाइएको छ । यो समाचार तयार पार्दासम्म उक्त अन्तरवार्ता नेपाल युटुव ट्रेन्डिगंको शिर्ष स्थानमा रहँदै १२ लाख बढी दर्शकले हेरेका छन् ।

कार्यक्रममा नेपाल तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई, परराष्ट्रविद तथा पुर्व राजदुत प्रधुम्न बिक्रम शाह, लेखक विश्लेषक टीका ढकाल अनि भारत बाट प्रोफेसर एस। डि। मुनी, नेपाल भारत प्रबुद्ध समुह सदस्य महेन्द्र पि। लामा र भारतीय सेनाका पुर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता सहभागी भएको कार्यक्रम नेपाल र भारतमा सर्वाधिक हेरिएको छ ।

सिमा विवाद सम्बन्धी गरिएको दुई देशिय बहसको भिडियोलाई रवि लामिछानेले अंग्रेजीमा सञ्चालन गरेका छन् । जुन पृथक शैलीको छ । हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्