Wednesday, December 2

कालापानी लिपुलेक नेपालमा पर्छ, भारतको होइन भन्दै नेपाली युवक दिल्लीगेटमा, तस्बिर भाइरल बन्दै

May 24, 2020 279

काठमाडौं । नेपालले आफ्नो भूमि समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि केही विवादमा कोहीको तारिफ भइरहेको छ । कूटनीतिक माध्यम र वार्तामार्फत सीमा विवाद समाधान नगरी पेलेर भारत अघि बढ्न थालेपछि नेपाल सरकारले पनि आफ्नो भूमिको रक्षार्थ नक्सालाई अद्यावधिक गरेको छ । नेपालको भूमिमा बनाएको बाटो भारतले यही मे ८ मा उद्घाटन गरेसँगै दुई मुलुकबीच विवाद बढेको हो ।

भारतले वार्तालाई लत्याएपछि नेपाल सरकारले पनि मे २० मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा जारी गरेको छ । यही बेलामा नेपालको नक्सा जारीकोमा सरकारलाई धन्यवाद दिएकी अभिनेत्री मनिषा कोइरालाको भारतमा विरोध भए पनि नेपालमा तारिफ भयो ।वार्ताबाट समाधान गर्न छोडेर समस्या बढाउन नहुने अभिव्यक्ति दिने नायिका वर्षा राउत विवादम परिन् । तर, यही बेला एक युवकको तस्बिर भाइरल बनिरहेको छ । कैलालीका सुरेश चौधरीको तस्बिर अहिले भाइरल बनिरहेको हो ।

उनले भारतको दिल्लीगेट अगाडि कालापानी र लिपुलेक नेपालको पर्छ, भारतमा होइन’ उल्लेख गरिएको प्लेकार्ड बोकेर उभिएको तस्बिर अहिले भाइरल बनिरहेको हो । जुन तस्बिर हालसालै नभएर केही महिना अघिको रहेको हो । भारतले गत नोभेम्बर २ मा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि सो तस्बिर रहेको हुन सक्नेछ ।

तस्बिर : सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्