Saturday, February 27

भाईरल सचिन परियार र अस्मिता अधिकारीको पहिलो गित ‘के छ हजुर ठिक छ हजुर’ सार्वजनिक (हेर्नुहोस भिडियो)

February 3, 2021 86

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा बाल गायक सचिन परियार, बिक्रम क्षेत्री र अस्मिता अधिकारीको आवाजमा के छ हजुर बोलको गित मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ।

नेत्र अर्यालको शब्दमा रोशन परियारले लय भरेका छन्।

गित निकै मिठो बन्न सफल भएको छ। बजारमा बाल कलाकारको गायकपनको चर्चा छ यसै मध्ये यो एक चर्चित गित हो के छ हजुर।

भिडियोमा बसन्त ओली तेजेन्द्र गौतम किरन बिक अभिशेक बानिया कृष्मा परियारसंगै थुप्रै कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ।

भिडियोलाई राजेश घिमिरेले छायांकन बिकाश ज्ञवालीले सम्पादन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

प्रतिकृया दिनुहोस्