Wednesday, December 2

कोरोनाको औषधी पत्ता लाग्यो, ४ दिनमा नै बिरामीमा नेगेटिभ लक्षण देखिएको वैज्ञानिकको दाबी

May 23, 2020 747

काठमाडौं। करिब साडे ४ महिनादेखि विश्वभर महामारीको रुपमा फैलीइरहेको कोरोना संक्रमणका कारण संसार नै आजित बनिरहेका बेला विभिन्न देशका चिकित्सकहरुले यो रोगको औषधी पत्ता लगाएको दाबी गरेका छन् ।

अमेरिका विभिन्न कम्पनी र बैज्ञानिकहरुले यो रोगको औषधी पत्ता लगाइसकेको दाबी बंगलादेशी डाक्टरहरुको एक टिमले कोरोनाभाइरसको औषधी बनाएको दावी गरेका छन् ।

बंगलादेश मेडिकल कलेज हस्पिटलमा मेडिसिन डिपार्टमेन्टका हेड प्रोफेसर मोहम्मद तारिक आलमका अनुसार ६० प्रतिशत बिरामीमा यो औषधीको प्रयोग गरिएको र औषधीको एन्टिडोट दिएपछि सबै बिरामी निको भएको समेत चिकित्सकले दाबी गरेका छन् ।

प्रोफेसर तारिकको टिमले अहोरात्र खटेर जनावरहरुमा परजीवि किराहरु मार्न प्रयोग हुने औषधी आइभरमेक्टिनको सिंगल डोजको साथमा एन्टिबायोटिक डोक्सिसाइक्लिनलाई मिलाएर एन्टिडोट तयार गरेको जनाएको छ । यो औषधी प्रयोग गरिएका धेरैजसो बिरामीहरु सास फेर्न समस्या भएका थिए र उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। जुन औषधीले कोरोनाका बिरामी ४ दिनमै निको भएको समेत दाबी गरिएको छ ।

सरकारसँग सम्पर्क गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिरहेको प्रोफेसर मोहम्मद तारिकले औषधी निकै प्रभावकारी भएको दावी गर्दै रकारसँग सम्पर्क गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिरहेको बताएका छन् ।From osnepal

प्रतिकृया दिनुहोस्