Thursday, November 26

कोरोनालाई जितेर खुशी हुँदै घर फर्किएकी ७ बर्षीया नानीले भनिन् ‘ नेपालका भगवान जस्ता डाक्टरले गर्दा कोरोनालाई जिते’

May 23, 2020 244

नेपालगञ्ज । शुक्रवार नेपालगञ्जको जोलहनपुरुवामा तामझाम देखिएको थियो । जोलहनपुर्वा मात्र नभइ कोरोना अस्पताल खजुरामा पनि तामझाम उत्तिकै थियो । जहाँ खुसीको मुस्कानसंगै अलिकति डर अनि त्रास पनि छ, त्यो भन्दा धेरै कोरोनालाई जितेर घर फर्किदाको उमंग छ उनीहरुमा । कोरोनालाई हराउन उति गाह्रो रहेनछ आफुले हराउँदा त्यस्तै महसुस भएको भन्दै गर्व गर्छिन कोरोनालाई जितेकी ७ बर्षीया बालिका ।

हातमा फुलमाला सहित आइसोलेसनबाट निस्कदै थिए ७ बर्षीया सुप्रियान अन्सारी । उनको मुहारमा हर्ष रेखाहरु दौडेको प्रष्ट देख्न सकिन्थ्यो । सवैले बधाई छ अनि स्वागत पनि भन्दा उनी झनै दङ्ग बनेकी थिइन ।

मनमा उमंग उत्तिकै देखिएको थियो उनीमा

उनले अगाडि भनिन ‘कोरोना डर मात्र रहेछ यसलाई मजाले जित्न सकिने रहेछ ।’ सुप्रियानले भनिन् । सुप्रियान यतिमा मात्र रोकिइन र भनिन ‘घर जस्तो आइसोलेसन छ, सवै कुरा पुगेको थियो । विस्तरामै खानेकुरा र डाक्टरहरुको व्यवहारले झनै कोरोना लागेको पत्तै पाइन । देवता जस्ता डाक्टरहरुले गर्दा कोरोनालाई सहजै हराए ।’

डाक्टर, स्थानीय, प्रहरी, पत्रकार सबै हर्षित

बाँकेको कोरोना संक्रमित २१ जना डिस्चार्ज हुँदा डाक्टर, स्थानीय, प्रहरी, पत्रकार सवैको मुहारमा मुस्कान उत्तिकै थियो । विहान ९ बजे नै नेपालगञ्जका अधिकांश पत्रकार कोरोना अस्पताल खजुरास्थित सुशील कोइराला प्रखर अस्पताल पुगे । अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भइ घर फर्कदै थिए । उनीहरु तामझामका साथ विदाई गर्ने कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख, भेरी अस्पतालका प्रमुख, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख, प्रहरी, प्रशासन लगायतको टिम पनि स्वागत गर्न फुलमाला सहित लाइनमा बसेका थिए ।

झोला बोकेर डिस्चार्ज भएका निको भएका संक्रमितहरु बाहिर निस्कन थाले । उनीहरु सबैको मुहारमा खुसीको बहार छाएको थियो । उनीहरुलाई बधाई दिदै हातमा फूल र दोसल्लाले स्वागत गरियो । उनीहरुको मुहारबाट मुस्कानका साथ बोलीमा पनि उमंग आयो ।निको भएका मध्येका एक इस्राद अहमद अन्सारीले भने ‘यतिराम्रो व्यवस्थापन घरमा पनि छैन , कोरोना लागेपछि बाँचिन्न भन्थे गलत रहेछ ।

कोरोनालाई मजाले जित्न सकिन्छ हरेस खान नहुेन रहेछ भन्दै अन्सारीले अगाडि भने ‘कोरोना लागेको पनि थाहै भएन र निको भएको पनि थाहै भएन, यति राम्रो व्यवस्थापनले यतिका दिन वितेको थाहै भएन ।’शुक्रवार बाँकेका २१ जनाले कारोना भाइरस जितेर बाहिर निस्के । कोरोना संक्रमित २१ जनालाई फुलमालाले स्वागत गर्दै उनीहरुलाई विदाई गरियो ।

आइसोलेशनको बसाईपछि उनीहरुमा कोरोना नेगेटिभ देखिए पछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई स्वास्थ्य सामाग्री सहित विदाई गरिएको ।२१ जनामा बाँकेका पहिलो कोरोना पोजिटिभ देखिएका ६० बर्षीय पुरुषदेखि ४ बर्षीया बालिका समेत रहेका छन् । विदाई भएका नेपालगञ्ज वडा नं। ७ र ८ का स्थानीय हुन ।खजुरा आइसोलेसनमा अझै ७ जना कोरोना पोजिटिभका विरामी छन् । उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस्