काठमाडौं । नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो। बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङ निवासी ती १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। उनका अनुसार ती युवती अहिले चिकित्सकको निगरानीमा उपचार गरिरहेकी छन्। अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा फ्रान्सबाट आएकी यसअघि संक्रमित काठमाडौंकी १९ वर्षीया युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया एक युवतीले एउटै उडानमा यात्रा गरेको पुष्टि गरे। त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा फ्रान्सबाट आएकी यसअघि संक्रमित काठमाडौंकी १९ वर्षीया युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया एक युवतीले एउटै उडानमा यात्रा गरेको पुष्टि गरे।
प्रतिकृया दिनुहोस्