Friday, February 26

मुस्लिम गायक अलिफ खान इन्द्रेणीमा पुगे । कृष्ण कडेंललाई भेटे, दोहोरी भिडेर सबैलाई चकित पारे (भिडियो हेर्नुस)

February 3, 2021 89

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले शिशिर भण्डारीसँगको भेटमा फोटो फिरिममा गीत पनि सुनाए ।

निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् । यसैबिच, मुस्लिम गायक अलिफ खानको गीत रेकर्ड गर्ने सपना पुरा भयो । अर्जुन पोखरेलले २ वटा गीत गाउन दिए, यसैबिच अलिफ इन्द्रेणीमा पुगेका छन्, सबैको चाहना अनुसार अलिफ दोहोरी गाउन इन्द्रेणीमा पुगेका हुन् । (भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्