Wednesday, December 2

पोखराका राज सेन ठकुरीको कोरोना संक्रमण नि*धन, कीर्तिपुरवासी विकास महर्जन पनि को*रोनासंग हारे !

May 23, 2020 382

कोरोना संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको निधन भएको छ। कनेक्टिकटमा एक नेपालीको निधन भएको हो। पुर्ख्यौली थलो पोखरा भएका राज सेन ठकुरीको आज निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्। अमेरिकामा कोरोनाको कारण निधन हुने नेपालीको संख्या १४ पुगेको छ।

५६ वर्षिय ठकुरी विगत डेढ महिनादेखि अस्पतालमा उपचाररत रहेको बताइएको छ। कनेक्टिकटमा एक्लै बस्दै आएका ठकुरीको निधनपछि अहिले उनको परिवारसंग सम्पर्क गरी प्रक्रिया अघि बढाइएको जानकारी मेरिल्याण्डका राज्य सांसद (डेलिगेट) ह्यारी भण्डारीले दिएका छन्।त्यस्तै कुबेतमा कार्यरत कीर्तिपुरवासी विकास महर्जनको कोरोनाबाट निधन भएको बताइएको छ । कीर्तिपुर पांगाका ३९ बर्षीय महर्जनको कुवेतमा निधन भएको हो । महर्जनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

ज्वरो र स्वास फेर्न गाह्रो भएपछि महर्जनको गत बुधवार जेठ ७ गते निधन भएको थियो । कुबेतको एक कम्पनीमा कार्यरत महर्जनको गत बुधवार जेठ ७ गते निधन भएको हो । यता महर्जनका परिवारमा ‘उनको के कारणले निधन भएको हो ?’ औपचारिकरुपमा जानकारी प्राप्त भई नसकेको बताइएको छ । कुबेतको कम्पनीमा करिव २ हजार कामदार कार्यरत छन् । त्यसमध्ये करिब १५ सयजना नेपाली छन् । र, कीर्तिपुरका ५० जना रहेको बताईन्छ ।

प्रतिकृया दिनुहोस्