Tuesday, December 1

पाकिस्तान विमान दुर्घटनामा यी अभिनेत्रीको मृ*त्यु भएको खबर फैलिएपछि …

May 23, 2020 419

एजेन्सी – पाकिस्तानमा शुक्रबार विमान दुर्घटनाग्रस्त भयो । पाकिस्तानको लाहोरदेखि कराँचीतर्फ आइरहेको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबैजसोको मृत्यु भएको थियो भने घरहरु पनि ध्वस्त भएका थियो ।

विमान दुर्घटना भएपछि सामाजिक सञ्जालमा पाकिस्तानी अभिनेत्री आयजा खान र उनका श्रीमानको मृत्यु भएको खबर आएको थियो । विमान दुर्घटनामा आफ्नो मृत्यु भएको खबर भाइरल भएपछि अभिनेत्री आयजाले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा आफु र श्रीमान् दानिश तैमुर ठिक भएको जानकारी गराइन् । उनले सामाजिक सञ्जालमा सबैलाई यस्तो गलत समाचार नफैलाउन पनि आग्रह गरेकी छिन् ।

उनले आफु र श्रीमान् पूर्ण रुपमा ठिक भएको बताउदै भनिन् – ‘यस्तो प्रकारको अफवाह फैलाउन बन्द गर्नुहोस् । म र मेरा श्रीमान् पूर्ण रुपमा ठिक छौं । कुनै पुष्टि बिना नै जे पनि लेख्ने मानिसहरुलाई भगवानले सद् बुद्धि दिऊन् । अल्लाहले हामी सबैको हिफाजत गरुन् र जसको यो दुर्घटनामा मृत्यु भएको छ, उनीहरुका आफन्तलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।’

प्रतिकृया दिनुहोस्