Tuesday, November 24

बिहानै ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

May 23, 2020 188

काठमाडौं, आज शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३२ जनामा कोरोना देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयको अध्यावधिक विवरण अनुसार कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौमा गरिएको परिक्षणबाट पुष्टि भएकाहरु कपिलबस्तुका ८, सर्लाहीका १३, बाराका ३७ बर्षीय एक महिला र काठमान्डौका १ पुरुष रहेका छन ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रुपन्देहीका ८ जना पुरुष रहेका छन् । भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा चितवनकै ५२ बर्षीय पुरुष रहेको मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्