Monday, November 30

भारतको पक्ष लिएको भन्दै चर्को आलोचना भएपछि भट्टराईले दिए यस्तो स्पष्टिकरण

May 22, 2020 619

काठमाडौं, ९ जेठ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसदमा प्रधानमन्त्रीले दिएको अभिब्यक्तिलाई लिएर गरेको टिप्पणीले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपरेको छ । चर्को आलोचना पछि भट्टराईले आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना भएको बताएका छन् । उनले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको प्रष्ट पारेका छन् ।

बिहीबार नेपाल उद्योग परिसंघले गरेको कार्यक्रममा भट्टराईले राखेको बिचारलाई लिएर उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो । उनले सरकारले भारतलाई चिढाउने काम गरेको भन्दै प्रतिकृया दिएका थिए । सो भनाई मुलुकको आर्थिक पुनरसंरचना तर्फ भएको उनको स्पष्टिकरण छ ।

‘मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारत लगायत सबै देशका शासकको सन्दर्भमा हो’, उनले भने, ‘हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।’

नेपाल(भारत सीमाविवादको सन्दर्भमा उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कुटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ ।’

‘त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्छ यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न’, डा।भट्टराईले भने ।

प्रतिकृया दिनुहोस्