Thursday, November 26

कोरोनाबाट मृ’त्यु भएकी सुत्केरीको नवजात शिशुमा कोरोना नदेखिएपछि ‘डिस्चार्ज’

May 22, 2020 182

धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृ’त्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेटेटिभ आएको जनाएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्ेचकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पु¥याइएको केही समयपछि नै मृ’त्यु भएको थियो ।उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले जानकारी दिनुभयो । उहाँका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज) छ ।

महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसनकक्षमा राखी उपचार भइरहेको निर्देशक डा माकजुले बताउनुभयो ।उहाँका अनुसार शिशुलाई शुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरका आएका स–साना बिमिरा दैनिकरूपमा बालरोग विशेषज्ञको नि’गरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो । शिशुको दुईपटक र मृ’तक महिलाको आफन्तको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वारेन्टिनमा राख्न र क्वारेन्टिनबाट डिस्चार्ज गर्नुपूर्व आरडिटी गर्न सुझाव दिएको छ ।

“यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड–१९ का लक्षण देखापरे मात्र पिसीआर परीक्षण दोहो¥याउनुपर्ने हुन्छ”, निर्देशक डा माकजुले भन्नुभयो । उहाँका अनुसार १० दिनकी महिलाको कोरोनाका कारण मृत्यु भएलगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वा’ब सङ्कलन गरी सावधानीपूर्वक आसोलेसनमा राखिएको थियो ।मृ’तकका श्रीमान्का अनुसार वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि उनीलाई स्वासप्रस्वासमा स’मस्या देखिएको थियो ।

बाह्रबिसेस्थित अस्पतालमा आरडिटीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गत शनिबार साँझमात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृ’त्यु भएको पुष्टि गरेको थियो ।मन्त्रालका अनुसार कोरोनाबाट मृ’त्यु हुने ती महिला नेपालमा पहिलो घ’टना हो । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण मृ’त्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।फाइल तस्विर

प्रतिकृया दिनुहोस्