Tuesday, December 1

ट्रेण्डिङ नम्बर वानमा आईएम वीथ मनिषा कोइराला

May 21, 2020 228

काठमाडौं । लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्शा जारी गरिएको निर्णयलाई मनिषा कोइरालाले स्वागत गरेपछि भारतीय सञ्चार माध्यमहरुमा उनको तीव्र आलोचना भइरहेको छ । उनलाई निकै तल्लो स्तरमा ओर्लिएर भारतीय मडियाले गाली गरिरहेका छन् । केही मिडियाले उनको विषयमा विशेष कार्यक्रम नै प्रशारण गरेका छन् ।

उनी विरुद्ध बनाइएका सामग्रीहरु पनि भारतीय सञ्चार माध्यमहरुको ट्रेण्डिङमा छ । भारतीय चलचित्र जगतले व्यक्तित्व बनाएकी मनिषाले भारतविरुद्ध नै अभिव्यक्ति दिइएको भनी आलोचना भइरहेको हो । उनलाई चीनको उक्साहटमा ट्वीट गरेको आरोप भारतमा लगाइएको छ । उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरेको ट्टीवको जवाफ दिँदै अब नेपाल भारत र चीनसंगको कुटनीतिक छलफलवाट समाधान खोज्नुपर्ने औल्याएकी थिइन् ।


उनी विरुद्ध भारतीय मिडिया र सामाजिक सञ्जाल उर्लिए पछि नेपालमा भने उनको समर्थनका सामग्री ट्रेण्डिङमा छ । सामाजिक सञ्जाल ट्वीटरको ट्रेण्डिङमा उनी लगातार एक नम्बरमा रहेकी छन् । ह्यास ट्याग आईएम वीथ मनिषा कोइराला ट्रेण्डिङ नम्बर एकमा छ ।

बिहीबार दिउँसो तीन बजेसम्म यो ह्यास ट्यागमा नौ हजार हाराहारीमा ट्वीट भएका छन् । कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीट रिट्वीट गरी नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । कोइरालाले शान्तिपूर्ण सम्वादबाट यो विषय हल गर्न समेत आग्रह गरेकी छन् । तर, भारतमा भने उनले नेपालको पक्ष लिएको भनी आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा मनिषासंगै ब्याक अफ इन्डियन मिडिया र लिपुलेक विलंस्स टु नेपाल भन्ने ह्यासट्याग पनि ट्रेण्डिगंमा छ ।

प्रतिकृया दिनुहोस्