Saturday, December 5

नेपालको नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ छैन, र ‘नेपाल कश्मिर होइन’ : भारतीय प्राेफेसर अशोक स्वैन

May 21, 2020 424

काठमाडौं :स्विडेनमा कार्यरत भारतीय नागरिक अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रकाशनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।बुधवार राती आफ्नो भेरिफाइड ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्व न्द्व अनुसन्धान विषयका प्राध्यापकको रुपमा कार्यरत अशोकले यो प्रकरणलाई ;नक्सा यु द्ध’ भनेका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन् -‘भारतले नेपालको नयाँ नक्सा अस्विकार गर्यो । भारतले यसलाई स्विकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन । यद्यपि, यो ‘नक्सा यु द्ध’ कसले सुरु गरेको हो ?

किन भारतले नोभेम्बर २०१९ मा एकतर्फि रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मिरका नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मिर होइन ।’

प्रतिकृया दिनुहोस्