Friday, December 4

काठमाडौँबाटै देखियो विश्वकै सर्वोच्च शिखर सगरमाथाको दुर्लभ दृश्य

May 21, 2020 243

काठमाडौँ : लकडाउनका कारण काठमाडौँ उपत्याकाको आकाश खुलेको छ । हरेक दिन हजारौँ सवारी साधनले फाल्ने धुवाँ र धुलोले गर्दा हुने वायु प्रदूषण अहिले निकै कम हुँदैछ । पछिल्ला वर्ष जलवायु परिवर्तनको असर मानवजाति र सिंगो पृथ्वीमा परेको भन्दै बहस भइरहँदा लकडाउनले गर्दा अधिकांश सहरको वायुमण्डल स्वच्छ बन्यो ।खासगरी काठमाडौँबासीका लागि खुसीको खबर के भने यहाँबाट १२४ माइल टाढा पर्ने विश्वकै सर्वोच्च शिखर सगरमाथा यही लकडाउनका बेला देखियो ।नेपाली टाइम्सका अनुसार अघिल्लो साता आभुषण गौतमले काठमाडौँबाटै सगरमाथाको तस्बिर खिच्न सफल भएका छन् ।

जुन दृश्य दशकौँदेखि काठमाडौँबासीका लागि असम्भव जस्तै ठानिएको थियो । यो दुर्लभ तस्बिर दशकौँयताको पहिलो दृश्य नै हो । नेपाली टाइम्सले यसबारे छोटो रिपोर्ट तयार पारेपछि ‘फक्स न्युज’ लगायत विदेशी मिडियाले पनि यसलाई महत्व दिएका छन् ।सगरमाथासँगै काठमाडौँबाट देखिने अन्य केही हिमालका आकर्षक दृश्य पनि नेपाली टाइम्सले सार्वजनिक गरेको छ । तर ती हिमाल लकडाउनअघिसम्म प्रष्ट देखिँदैनथे । नेपाली टाइम्सका अनुसार गौतमले उक्त तस्बिर गत मे १० मा काठमाडौँ उपत्याकाबाट खिचेका थिए ।

सामान्यतः मार्च र मे महिना सगरमाथा आरोहणको लागि अनुकुल मौसम हो । यस पटक आरोहण पनि रोकिएको छ । उता चिनियाँ मिडियाले सगरमाथालाई लिएर विवादास्पद समाचार सम्प्रेषण गरेकै बेला काठमाडौँबाट देखिएको सगरमाथाको दृश्यले सामाजिक सञ्जालमा पनि महत्व पाएको छ ।

प्रतिकृया दिनुहोस्