Saturday, December 5

भर्खरै गुल्मीका कोरोना संक्रमित मृ’त्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुग्यो !

May 21, 2020 295

बुटवल । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृ’त्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृ’त्यु भएको अस्पतालले जनाएको छ ।यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि उनको मृ’त्यु भएको पुष्टि गरे । चौधरीले अस्पतालबाट फोन गरी विहीबार विहान मृ’त्यु भएको जानकारी गराएको र मन्त्रालयले त्यसको रेर्कड गरिसकेको जनाउनुभयो ।बुधबार उनको मृ’त्यु भएको प्रमुख सरोकारवालाले विभिन्न स्रोत उदृत गर्दै मिडियामा बताएपनि दिउँसो अस्पतालले मृ’त्यु नभएको कुरा विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।

मृ’त्यु हुने बि’रामी गुल्मीको मदाने गाउँपालिका वडा नं। ६ का ४१ बर्षका पुरुष हुन् ।उनको स्वास्थ्य अवस्था ना’जुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।गत जेठ १ गते उनी अस्पतालमा भ’र्ना भएका थिए भने २ गते उनको स्वा’ब परीक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृ’त्यु हुनेको संख्या ३ पुगेको छ ।शिक्षण पेशामा रहेका उनी बि’रामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।From esidhakura

प्रतिकृया दिनुहोस्