Thursday, December 3

कक्षा ७ मा पढ्ने यी १२ वर्षीय बालकको जागिरबारे थाहाँ पाउँदा सबैको होस उड्यो

May 20, 2020 302

काठमाडौं । भारतको हैदराबादमा एक सफ्टवेयर कम्पनीले १२ वर्षीय बालकलाई जागिर दिएको छ । यहाँको मोन्टेजी स्मार्ट बिजनेस सलुशनमा १२ वर्षीया बच्चालाई डाटा वैज्ञानिकको रूपमा जागिर दिएको हो । बालकको नाम सिद्धार्थ श्रीवास्तव पिल्लई हो । उनी यहाँको चैतन्य स्कूलमा सात कक्षामा अध्ययनरत विद्यार्थी हुन । सिद्धार्थले मोन्टेजी स्मार्ट बिजनेस सलुशन कम्पनीमा डाटा वैज्ञानिकको रूपमा काम गर्दै आएको बताइएको छ । सिद्धार्थले आफ्ना रोल मोडल तन्मय बख्शी भएको बताएका छन् ।

उनले गुगलमा कलिलो उमेरमा काम गर्न थालेका थिए र उनले विश्वलाई आर्टी्फिशियल इन्टेलिजेन्स क्रान्किो बारेमा बुझाउन कोशिश गरिरहेको बताएका छन् । उनको उक्त कार्यबाट आफु प्रेरित भएको बताएका छन् । सिद्धार्थले बुबालाई धन्यवाद दिएका छन । सिद्धार्थले यो सबैकुरा आफ्नो बुबाबाट सिकेको बताएका छन् । आज आफुलाई यो स्थानमा पुर्याउनको लागि बुवाको योगदान धेरै भएको उनले प्रतिकृया दिएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्