Thursday, November 26

आमाले माया नगरेपछि ५ घण्टासम्म लगातार रोयो यो हात्तीको बच्चा

May 20, 2020 231

काठमाडौ -आफ्नो बच्चाको कुन आमालाई माया लाग्दैन होला र आमा बिनाको बच्चा सायद सोच्न पनि सकिदैन । आमा नै संसार हो आमा ममताकी खानि हुन। त्यस्तै एक हात्तीले बच्चा जन्मायो तर उसले आफ्नो बच्चालाई माया गर्ने त के हेर्ने पनि चाहेन उक्त आमा हात्तीले आफुले जन्म दिएको बच्चालाई धकेलेर खसालिदियो ।

त्यस पछि यो बच्चा लगातार रुन थाल्यो धकेलेर तर पुर्याएपछि ्गहिरो चोट लाग्यो गहिरो चोट लागेको त्यो बच्चालाई डाक्टरहरुले उपचार गरे २ घण्टा पछि आमाको नजिक पठाइदिए । तर उसले सुडले बच्चालाई फेरी हान्यो र लखेट्यो आमाले लखेटेपछि हात्ती बच्चाको आँखामा लगालार आसुको बर्षा हुन थाल्यो र ५ घण्टासम्म रोइरह्यो ।

लकडाउनले जनवारलाई आनन्द : सडकमै भेटियो सिंहको बथान

लकडाउनसँगै राष्ट्रिय निकुञ्जमा मानिसको चहलपहल घटेको छ । यति नै बेला दक्षिण अफ्रिकामा सिंहको बथान सडकमा निस्किएको छ ।‘यो बथान प्राय निकुञ्ज आउने पर्यटकले देख्न नपाउनेगरी केम्पिआना कन्ट्राक्चुयल पार्कमा बस्थ्यो,’ क्रुगर राष्ट्रिय निकुञ्जले बुधबार ट्वीटरमा लेखेको छ,‘आजको मध्यान्ह उनीहरु अर्फेन रेस्ट क्याम्पबाहिर सडकमै सुतिरहेका थिए ।’

सामान्य दिनमा यो क्षेत्रमा पर्यटकको भीड हुन्थ्यों, तर २५ मार्चयता देशभर भइरहेको लकडाउनका कारण क्रुगर बन्द गरिएको छ । ‘दिउँसै सडकमा पल्टनु अस्वभाविक छ किनकी सामान्य परिस्थितीमा यहाँ भीड जम्मा हुन्छ र उनीहरु घाँसमै गएर बस्छन्,’ पार्कका प्रवक्ता इसायक फाल्लाले सीएनएनसँग भने । फोटोमा फरक देखिएपनि लकडाउनले जनावरको व्यवहारमा धेरै फरक नपारेको फाल्लाले बताए । ‘अन्य समयमा पर्यटक आउने भएकाले उनीहरु यो ठाउँमा आउदैन थिएन, अहिले आएका छन् । फरक यति नै हो,’ उनले भने ।

प्रतिकृया दिनुहोस्