Monday, November 30

काठमाण्डौका सवारी चालकलाइ को*रोना संक्रमण, मध्यराति १ बजे अस्पताल लगियो !

May 20, 2020 223

भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले ‘सिल’ गरेको छ । भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उहाँलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उहाँको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर बस्ती सिल गरेको छ ।

बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।त्यस्तै महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ । सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश गरेको सूचनाको आधारमा गएर हेर्दा देखेपछि सिल गरेका थियाँै ।” उक्त वडामा काठमाडौँ उपत्यका बाहिरबाट आएकालाई बन्दाबन्दी भएदेखि नै प्रवेश निषेध गरिएको महर्जनले जानकारी दिनुभयो । “सिद्धिपुर प्रवेश गर्ने १० वटा विन्दु रहेका हुँदा वडामा २४ आँै घण्टा बाहिरी जिल्लाका मानिस प्रवेश रोक्नका लागि स्थानीयवासी युवाले सुरक्षा दिनेछन्”, उहाँले थप्नुभयो ।

प्रतिकृया दिनुहोस्