Monday, November 30

काठमाण्डौमा यी ठाउँहरुमा घरबाट बाहिर ननिस्कन सरकारको आग्रह !

May 19, 2020 7755

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएपछि टोखामा २४ व्यक्तिको स्वा’ब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सिना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले मृ’तक बस्ने घर, छिमेकी घर र मृ’तकले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वा’ब सङ्कलन गरिएको जानकारी दिनुभयो । स्वाब सङ्कलनको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले बताउनुभयो । टोखा नगरपालिकाले कोरोना स’ङ्क्रमणबाटनिधन भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि आज साँझसम्म सि’ल गरेको छ । वडाध्यक्ष नेपालले टोखामा बस्ने व्यक्ति कोरोना स’ङ्क्रमणबाटनिधन भएको भन्दै ज’थाभा’वीरुपमा घरबाट बाहिर ननिस्कन टोखावासीलाई आग्रह गरेका छन् ।

त्यस्तै लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखिएको छ राजधानी दैनिकले यो समाचार लेखेको छ । सरकारले गत ११ चैतदेखि गर्दै आएको बन्दाबन्दी (लकडाउन)को समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती व्यक्ति क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ ।

गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो । नागढुंगाका एक स्थानीय महिलाका अनुसार वैशाख अन्तिम साता मात्र उपत्यका बाहिरबाट करिब सात वटा रिजर्भ बसमा काठमाडौं उपत्यकामा मानिस भित्रिएका छन् । नागढुंगामा प्रहरीको चेकजाँच हुने भएपछि नजिकै उनीहरूलाई छाडिएको र उनीहरू पैदलमार्ग हुँदै काठमाडौं उपत्यमा भित्रिएको उनले राजधानीलाई जानकारी दिइन् ।

राजनीतिक पहुँचका आधारमा वैशाख अन्तिम सातासम्म थुप्रै व्यक्ति काठमाडौं उपत्यकामा भित्रिएको पाइएको छ । यसरी उपत्यका भित्रनेहरू क्वारेन्टाइन नबसी सिधै आफ्नो कोठामा पुग्ने गरेका थिए । तीमध्ये कतिपयले आफ्नो स्वास्थ्य चेकजाँच गराउँदा कोरोना संक्रमणको पुष्टिसमेत भएको छ ।

पछिल्लो समय उपत्यकाका स्थानीय तह तथा वडाहरूले कोरोना परीक्षण गरेर मात्र घरभित्र पस्न निर्देशन जारी गरेका छन् । चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले उपत्यका बाहिरबाट आएकाबाट जोखिम बढेकाले सबै तथ्यांक संकलन गरेर आरडीटी जाँच सुरु गर्न लागिएको बताए । ‘हाम्रो नगरपालिकामा १५ सय जति पुग्ने रहेछन् । अरू नगरपालिकामा पनि थुप्रै भित्रिएका छन्,’ उनले राजधानीसँग भने, ‘हाम्रो नगरभित्रको आरडीटी चेक सोमबारदेखि सुरु गर्छौं ।’

यता, प्रहरी प्रशासनले काठमाडौं उपत्यका भित्रनेहरूमाथि २३ वैशाखदेखि मात्र कडा निगरानी सुरु गरेको थियो । बाहिरी जिल्लाबाट उपत्यका भित्रनेको संख्या बढ्दो रहेको र त्यसबाट संक्रमणको जोखिम देखिएपछि गृह मन्त्रालयले उपत्यका भित्रने तथा बाहिरिन नदिन पछिल्लोपटक कडाइ गरेको छ भने एक जिल्लाबाट अर्को जिल्ला जाने पासमा समेत कडाइ गरेको छ ।

सरकारले बाहिरी जिल्लाबाट उपत्यका भित्रने तथा एक जिल्लाबाट अर्को जिल्ला जाने क्रम बढेसँगै गत बिहीबारबाट लागू हुने यसअघि जारी भएका सबै किसिमका एक जिल्लाबाट अर्को जिल्ला जाने अस्थायी पास खारेज गरेको थियो । काठमाडौं उपत्यका भित्रँदा वा काठमाडौं उपत्यकाबाट बाहिरिँदा गृहको अनुमति अनिवार्य गरिएसँगै पछिल्लोपटक भने उपत्यका भित्रन पाएका छैनन् । तर, सरकारको निर्णय अघि नै उपत्यका छिरेकाहरूबाट भने उपत्यकामा उच्च जोखिम देखिएको छ ।

गत ३० वैशाखमा भक्तपुरमा एक जना नर्समा कोरोना पुष्टि भयो । उनी सुनसरीबाट मोटरसाइकल चढेर २९ वैशाखमा उपत्यका भित्रिएको पाइएको छ । उनी उपत्यका भित्रिएपछि कुनै क्वारेन्टाइनमा नबसी भक्तपुरस्थित साथीको कोठामा बसेकी थिइन् । उनले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।

यस्तै, चन्द्रागिरी नगरपालिका मच्छेगाउँमा बस्दै आएकी ३३ वर्षीया महिलामा पनि ३० वैशाखमा कोरोना पुष्टि भयो । उनी २९ गते कञ्चनपुर महेन्द्रनगरबाट काठमाडौं आएको पाइएको छ । उनी पनि उपत्यका भित्रँदा कुनै क्वारेन्टाइनमा बस्नु परेन । श्रीमान्ले कोरोना चेकजाँच गराउन सुझाएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यसैगरी, चन्द्रागिरी नगरपालिका सतुंगल अमरबस्तीमा बसोबास गर्ने ३० वर्षकी संक्रमित पनि उपत्यका बाहिरबाट आएकी थिइन् । उनी लकडाउनमै काठमाडौंबाट धादिङ र धादिङबाट पुनः २७ जेठमा काठमाडौं आएको पाइएको छ ।त्यस्तै, चन्द्रागिरी नगरपालिका–१० बस्दै आएका ७ वर्षीय बालकमा पनि ३ जेठमा कोरोना संक्रमण पुष्टि भयो । उनी पनि बुवा आमासहित २९ गते मकवानपुरबाट काठमाडौं आएको पाइएको छ । कुनै क्वारेन्टाइनमा बस्न नपरेको उनको परिवार कोठामा बसिरहेको बेला छिमेकीले वडामा खबर गरेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।

यी त कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएका केही उदाहरण भए पनि उपत्यका बाहिरबाट आएकाहरूको परीक्षण कम छ भने उनीहरु क्वारेन्टाइनमा नबस्दा जोखिम बढेको छ ।

कपनको तेन्जिङ चोक सिल

कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।

युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताए । भट्टराईका अनुसार, “आज ३ बजे बस्ने नगरपालिकाको बैठकले अब कसरी जाने भन्ने निर्णय गर्नेछ । यसका लागि थप सुरक्षा अपनाउन वडा सिल पनि गर्न सकिनेछ ।” उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।

‘अपरिचित देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउनू’

गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम मुलुकमा बढ्दै जाँदा एक महिलाको समेत मृत्यु भएको समयमा आफू पनि सुरक्षित रहने र आफ्नो गाउँ या समुदायलाई पनि सुरक्षित बनाउन नगरपालिकाले उक्त सूचना जारी गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनामा चिया र मदिरा पसल पूर्णरूपमा बन्द गर्न आह्वान गरिएको छ । किराना, तरकारी तथा खाद्यान्न पसल बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न दिइने बताइएको छ । आवश्यक कामकाजबाहेक एक गाउँटोलबाट हिँडडुल गर्न र सार्वजनिकस्थलमा जमघट नहुन सूचनामा अनुरोध गरिएको छ ।

गोदावरीका औषधि पसल २४सै घण्टा खोल्न सकिने र कृषि तथा खेतीपातीसम्बन्धी कार्य गर्दा भीडभाड नगरी थोरै सङ्ख्यामा सामाजिक दूरी कायम राखी गर्न र गराउनसमेत अपिल गरिएको छ ।

प्रतिकृया दिनुहोस्