Monday, November 30

अहिलेसम्मकै उच्च संक्रमण रेकर्ड, एकैदिन ६२ जना थपिएर संक्रमितको संख्या ३५७ पुग्यो

May 18, 2020 263

नेपालगन्ज। आज नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित अहिलेसम्मकै उच्च संख्यामा देखिएका छन् । भर्खरै थप ५३ जना र बिहान ९ जना गरेर आजै ६२ जना संक्रमित थपिएर अहिलेसम्मकै उच्च संक्रमण संख्या रेकर्ड कायम भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यसैगरी अन्य विभिन्न जिल्लामा ६ जना थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ। उनीहरु बाँकेका नै रहेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्