Wednesday, December 2

सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन, भारतसँग सीमा विवाद ९८ प्रतिशत मिलिसक्यो : महेन्द्र राय यादव

May 18, 2020 127

काठमाडौ । राष्ट्रभक्तहरुको जमातले सीमामा काँडेतार लगाउनुपर्ने आवाज उठिरहेका बेला राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन’ सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भनेका छन् । यादव सर्लाही २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गरिरहनु भन्दा सीमामा तारबार वा पर्खाल लगाउन आवश्यक रहेको बताएका थिए । कतिपय सांसदले सीमामा तरबार लगाउने र पर्खाल लगाउने भए आफ्नो तलब दिने घोषणासमेत गरिरहेका छन् । एक पालिकाले त सुरु नै गरेको छ । त्यसप्रति लक्षित गर्दै नेता यादवले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आग्रह गरे । ‘५८ प्रतिशत तराई मधेशको भूभागमा त्यहाँको मधेसी जनताले सीमाका लागि खु न बगाउँछ । पसिना बगाउँछ ।

हामी त्यहाँ ल ड्छौं । हामीमाथि यत्रो राष्ट्रियताको प्रश्न खडा गर्ने हो ?’ यादवले भने । आफूहरु पनि नेपालको भूमि मिचिन नहुने भन्ने पक्षमा रहेको उनले बताए । उनले नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेको दावी गरे । तर, मिलिसकेको विषयमा दुवै देशले हस्ताक्षर नगरेको भन्दै उनले असन्तुष्टि राखे । ‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले हस्ताक्षर किन गर्दैन ? भन्दै उनले प्रश्न गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिकृया दिनुहोस्