Thursday, January 21

आलिया र अमिताभ बच्चन पनि क्वारेन्टाइनमा

March 20, 2020 692

काठमाडौं – कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । हालसम्म विश्वका १६५ देशमा कोरोनाको संक्रमण फैलिएको छ । भारतमा पनि कोरोनाका संक्रमित बिरामी बढिरहेका छन् । कोरोनाकै कारण भारतमा रिलिज हुन लागेका र शुटींग भइरहेका फिल्महरु रोकिएका छन् ।

कोरोनाको त्रास हुदै गएपछि यसबाट बच्न बलिउडका कलाकारहरुले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफू क्वारेन्टाइनमा भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्पको तस्वीर शेयर गर्दै आफू क्वारेन्टाइनमा भएको बताएका हुन् ।

त्यस्तै अभिनेत्री आलिया भट्ट पनि कोरोनाबाट बच्न आफु घरमै भएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै आफु सेल्फ क्वारेन्टाइनमा बसेको बताएकी छिन् । अमिताभ र आलियको फिल्म ब्रह्मास्त्रको सुटिङ कोरोनाकै कारण अहिले स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्