Saturday, January 23

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, यो संगै संक्रमितको संख्या ३ सय ५२ पुग्यो

May 18, 2020 323

कोरोनाको अर्को केन्द्र बिन्दु बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हिजो मात्र कोरोनाका कारण बाँकेमा नै एक युवकको निधन भएको थियो ।उनीहरु अधिकांश भारतबाट फर्किएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितमध्ये ४६ जना पुरष र १ जना महिला भएको बताएका छन् ।

आज थपिएका संक्रमितको दुई दिनअघि शनिबार स्वाव लिइएको थियो। नरैनापुरको वडा नं. २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोजभगवानपुरबाट ३९ (एकजना निधन), वडा नं. ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो। यीबाहेक ११ जनाको आइतबार स्वाव लिइएको छ। आठ जना संक्रमितमध्येमा दुई जना घरउसर् र ससुराली गएको पाइएपछि आफन्तीको स्वाब लिइएको थियो।

योसँगै संक्रमितको संख्या ३ सय ५२ पुगेको छ। जसमा २ जनाको निधन भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।त्यस्तै एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ । उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार निधन भएपछि ३८ जनालाई जयकिसन माविकोे प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टिन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवकको निधन भएको दीपेन्द्र क्वारेन्टिनमा बस्न नमानेपछि सबैलाई जय किसान माविमा सारिएको हो । जयकिसन माविमा यसअघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट सारिएकालाई प्राङ्गणमा पालको क्वारेन्टिन बनाएर राखिएको छ । नरैनापुर ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवकको आइबार बिहान क्वारेन्टिनमा आफ्नै आँखा अगाडि निधन भएपछि त्यहाँ रहेकाहरुले आफूलाई अन्यत्र सार्नुपर्ने माग राख्दै आएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्वारेन्टिनमा आइतबार अचानक भएको निधनपछि क्वारेन्टिनहरुलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । एक अस्थायी क्वारेन्टिन थपिएसँगै नरैनापुुरका १२ क्वारेन्टिनमा अझै पनि ७५९ जनालाई राखिएको खरालको भनाइ छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि अवस्थित नरैनापुरमा एक जनाको ज्यान जानेगरी नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
अलपत्रको उद्धार हुँदै

घोराही– दाङको घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरी भारतको सीमा क्षेत्रमा आइपुगेकाहरुको उद्धार शुरु गरेको छ । कोरोना सङक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण सीमामा अलपत्र नगरका बासिन्दालाई सीमामै पुगेर बसमार्फत सम्बन्धित वडाको क्वारेन्टिन पु¥याउन शुरु गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

उपहानगरपालिकाका करीब एक हजार तीन सय नागरिक भारतबाट आउने अनुमान गरिएको छ । अहिले प्रत्येक वडाले विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने गरी धमाधम निर्माणको काम थालेको उपमहानगरले जनाएको छ । तत्कालका लागि करीब ५० जना अट्ने गरी प्रत्येक वडामा क्वारेन्टिन निर्माणको काम भइरहेको बताइएको छ ।नगरले आइतबार कोइबासस र कृष्णनगर नाकामा आएका नागरिकलाई उद्धार गरेर घोराही ल्याएको नगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिनुुभयो । भारतका चण्डीगढ, हरियाणा र दिल्लीबाट सीमामा आइपुुगेकाहरुलाई उद्धार गरेर घोराहीका विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्